आज बिहान आएको शक्तिशालि भुकम्पले नेपालको काठ्माण्डौ लगायत पुर्वि भेगमा सामान्य क्षति भएको बिबरण प्राप्त हुन थालेको छ ।
चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान गएको भूकम्पको धक्का काठमाडौँसहित नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको थियो । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पबाट सामान्य बाहेक ठूलो क्षति नभएको पाइएको छ ।
देशको ३ वटै सुरक्षा निकायबाट प्राप्त सुचनाअनुसार हालसम्म सामान्य बाहेक ठुलो क्षतिको बिबरण हालसम्म प्राप्त भएको छैन ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोलुखुम्बु, संखुवासभा, ओखलढुङ्गा र ताप्लेजुङमा भूकम्पले केही घर क्षति पुगेको विवरण प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका अनुसार खुम्बु पासाङल्हामू गाउँपालिका वडा नं. ५ मा सगरमाथा राष्ट्रिय निकुञ्ज मातहतमा रहेको थामे पोष्टको भवनमा क्षति पुगेको छ । त्यस्तै थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ७ मा रहेको हर्क बहादुर खत्रिको माटो र ढुंगाको घर चर्किएको छ ।
कोशीका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीका अनुसार अहिलेसम्म ६ वटा घर भत्किएको जानकारी आएको बताए । उनका अनुसार ओखलढुंगामा एक घर पूर्णरूपले क्षति पुगेको छ ।
चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान ६ बजेर ५० मिनेट जाँदा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रतिक्रिया