नेपालमा शक्तिशाली भूकम्पको झट्का

साझा प्रेस
2.4k
Shares

नेपालमा शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ।

बिहान ६  बजेर ५० मिनेट आसपास उक्त भुकम्पको झट्का महसुस गरिएको थियो।

अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७ दशमलव १ म्याग्निट्यूडको भएको उल्लेख गरेको छ।

उसका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु खुम्बु क्षेत्रमा अवस्थित लोबुचे भन्दा उत्तर पूर्वमा रहेको जनाइएको छ।