११ असोज, काठ्माण्डौ । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह आगामी साता निजी भ्रमणका लागि भुटान जाने भएका छन् ।
पूर्वराजाका प्रेस सचिव डा फणिराज पाठकले नौराता (दशैं) पर्व सुरु भएपछि निजी रुपमा भ्रमण हुने पुष्टि गरेका छन् ।
पूर्वराजा दशैं टिकाअघि नेपाल फर्कने अनुमान गरिएकाले भ्रमण तीन–चार दिनसम्म चल्ने बताइएको छ । उनको यात्राको विवरण भने खुलाइएको छैन ।
प्रतिक्रिया