पोखराबाट काठमाण्डौ अबतरण हुने साथै प्रहरीले भ्यान मार्फत सुरक्षित बिमानस्थलबाट बाहिर निकालेको छ । उनलाई त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थलबाट सिधै जिल्ला प्रहरी परिसर, भद्रकाली लगिएको छ ।
सुरक्षालाई मध्यनजर गर्दै बिमानस्थलदेखि भद्रकालीसम्म नेपाल प्रहरी तथा सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।
सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई बयानको लागि काठमाडौं ल्याईएको हो । काठमाडौंको कालिमाटी मुख्यालय रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा रविविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि गत कार्तिक २ गतेदेखि कास्की जिल्ला प्रहरी हिरासतमा छन् ।
यो बीचमा उनलाई रुपेन्देही पनि बयानको लागि लगिएको थियो । काठमाडौंको आन्तरिक विमानस्थलमा रवि ल्याईँदा उनका समर्थकहरुले प्लेकार्डसहित रविको रिहाईको माग गर्दै नाराबाजी गरेका थिए । उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ ।
लामिछानेलाई पछिल्लोपटक ९ मंसिरमा १५ दिन म्याद थप भएको छ ।
लामिछानेसँगै छविलाल जोशी र कुमार रम्तेल पनि सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । उनीहरू पनि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
प्रतिक्रिया