गोरखा जिल्लामा अन्तर जातीय विवाह गर्ने १९ जोडी सम्मानित भएका छन् । गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तर जातीय विवाह गर्ने १९ जोडीलाई सम्मान गरेको हो ।
जातीय छुवाछुत र भेदभावको पूर्ण रुपमा अन्त्य गर्दै अन्तर जातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलित बीच विवाह भएका जोडीलाई सम्मान गरेको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठले जानकारी दिए ।
कानुनले जातीय विभेदलाई पूर्ण रुपमा बर्जित गरेको भएपनि समाजमा अझै पनि दलित र गैह्रदलित बिच विभेदका घटना यदाकदा बाहिर आउने गरेकाले यसलाई अन्त्य गर्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलित वीच विवाह गर्ने जोडीलाई सम्मान गर्ने गाउँपालिकाको उद्धेश्य रहेको उनले बताए ।
पालिका भित्रका सवै वडामा दलित र गैह्रदलित विच विवाह भएका जोडीको विवरण संकलन गरेर एक कार्यक्रम विच उनीहरुलाई सम्मान गरिएको होे ।
दलित र गैह्रदलित बीच विवाह भएका दम्पतीको आर्थिक अवस्था हेरेर प्रोत्साहनका लागि पालिकाले सिपमुलक तालिम उपलब्ध गराउने योजना पनि बनाएको बताईएको छ ।
प्रतिक्रिया