विश्वका वृद्ध व्यक्तिको ११२ बर्षको उमेरमा निधन

साझा प्रेस
50
Shares

विश्वका सबैभन्दा वृद्ध व्यक्ति, बेलायती जोन टिनिसवुडको ११२ वर्षको उमेरमा निधन भएको छ ।

उनको उत्तरपश्चिम इङ्गल्यान्डको साउथपोर्टमा रहेको केयर होममा निधन भएको गिनिज वर्ल्ड रेकर्डले जनाएको छ । टिनिसवुडको जन्म सन् १९१२ अगस्ट २६ मा लिभरपुलमा भएको थियो र सोमबार उहाँको निधन भएको हो ।

अप्रिलमा भेनेजुएलाका ११४ वर्षीय जुआन भिसेन्टे पेरेजको निधन पश्चात् टिनिसवुड विश्वका सबैभन्दा वृद्ध व्यक्ति बनेका थिए । टाइटानिक जहाज डुबेको सोही वर्ष जन्मिएका र दुवै विश्वयुद्धबीच जीवित रहेका टिनिसवुडले गिनिज विश्व रेकर्ड्सलाई उनको दीर्घायुको रहस्य ‘शुद्ध भाग्य’ रहेको बताएका थिए ।

उनले स्वस्थ रहन सबै कुरामा संयम अपनाउन सल्लाह समेत दिएका थिए । “यदि तपाईँ धेरै पिउनु हुन्छ वा धेरै खानुहुन्छ वा धेरै हिँड्नु हुन्छ भने, यदि तपाईँले धेरै केही गर्नुभयो भने, तपाईँले अन्ततः कष्ट भोग्नुहुनेछ”, उनले भन्ने गर्थे ।

विश्वको सबैभन्दा वृद्ध महिला भने जापानकी ११६ वर्षीया टोमिको इटुका छिन् ।