चालु आर्थिक बर्षको प्रथम चौमासिकमा ज्यान जोखिममा परेका ५५ जना गर्भवती तथा सुत्केरी महिलाहरुको हवाई उद्धार गरिएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईको समन्वयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले साउनदेखि कात्तिकसम्ममा ४८ गर्भवती तथा सुत्केरीको उद्धार गरेको हो ।
मन्त्रालयले सडक बालबालिका मुक्त नेपाल बनाउने अभियानअन्तर्गत स्थानीय तहसँग सडक बालबालिकाको तथ्याङ्क माग गरेको छ । विभिन्न १० स्थानीय तह मार्फत जम्मा ५६ सडक बालबालिकाको तथ्याङ्क आएकामा राष्ट्रिय बालअधिकार परिषद्मार्फत पुनःस्थापना संरक्षण तथा व्यवस्थापनको कार्य प्रक्रिया अगाडि बढाएको छ ।
पछिल्लो पाँच महिनाको अवधिमा एक हजार ६ सय ८१ हराएका बालबालिकामध्ये एक हजार चार सय ४६ जना फेला पारी पारिवारिक पुनर्मिलन गरिएको मन्त्रालयले जानकारी गराएको छ ।
गत असार ३१ गते सम्पन्न मन्त्रिपरिषद्को निर्णयबमोजिम आगामी २०८२ असार मसान्तसम्ममा नेपाललाई सडक बालवालिकामुक्त बनाउने सम्बन्धमा सरोकारवाला र स्थानीय तहसँग समन्वय तथा सहकार्यमा काम भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया