१० बर्षपछि सोलुखुम्बु उद्योग वाणिज्य संघको अधिवेसन हुने

साझा प्रेस
350
Shares

१० बर्ष पश्चात सोलुखुम्बु उद्योग वाणिज्य संघको अधिवेसनका लागि मिति तय भएको छ । तेस्रो अधिवेशन सम्पन्न भई नयाँ कार्य समिति चयन भएको १० बर्ष बितेपछि चौथो अधिवेसनको मिति तय भएको हो ।

संघका कार्यवाहक अध्यक्ष रामलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न संघको बैठकले यही मंशिर १३ गते चौथो अधिवेसन गर्ने निर्णय गरेको हो ।

तेस्रो अधिवेशनले अध्यक्ष चयन गरेका जयप्रसाद राई बिगत लामो समयदेखि जिल्ला बाहिर रहँदै आएकाले पनि अधिवेसन अन्यौलमा पर्दै आएको कार्यवाहक अध्यक्ष श्रेष्ठको भनाई छ ।

कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका यसअघिका पदाधिकारीले पनि अधिवेसन गराउने प्रयास गरेपनि सम्भव भएको थिएन ।

अध्यक्ष श्रेष्ठका अनुसार हाल संघमा २ सय ६९ व्यवसायी आवद्ध रहेका छन् । जसमध्ये अधिवेसनलाई लक्षित गरी नविकरण खुल्ला गरिएकोमा बुधबारसम्म १ सय ४० जना व्यवसायीहरुले नविकरण गरेका छन् । अन्य व्यवसायीहरु पनि नविवकरणका लागि सम्पर्कमा रहेको उद्योग वाणिज्य संघले जनाएको छ ।

अधिवेशनबाट सर्वसम्मत रूपमा कार्यसमिति छनौट गरिने योजना रहेको सोलुखुम्बु उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष रामलाल श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष पदमा अन्य कसैको दाबी विरोध नआएमा श्रेष्ठ नै दोहोरिने सम्भावना रहेको आकंलन गरिएको छ ।

अधिवेशन पश्चात आवश्यक्ताअनुसार पालिका स्तरिय शाखा कार्यालय समेत बिस्तार गर्दै नयाँ सदस्यता बढाउने योजना रहेको पनि का.वा. अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।