मालपोत वापत कार्तिक महिनामा २ अर्ब बढी राजस्व संकलन भएको छ । देशभरको मालपोत कार्यालयको तथ्याङ्क अनुसार कार्तिकमा दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन भएको हो ।
गत महिनाको राजस्व संकलनबाट अझै पनि घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको देखिएको छ ।
असोज महिनाको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा गिरावट आएको हो । असोजमा तीन अर्ब आठ करोड १२ लाख ४१ हजार चार सय ८१ बराबरको राजश्व सङ्कलन भएको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चाड पर्वलगायतका कारणले गत असोजको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा कमी आएको हो ।
प्रतिक्रिया