मुख्यमन्त्रीद्धारा आफ्नो निर्वाचन क्षेत्रको अनुगमन (फोटो सहित)

साझा प्रेस
50
Shares

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शनिबार आफ्नो निर्वाचन क्षेत्रका जनतासग भेटघाट तथा बिकास निर्माणको अनुगमन गरेका छन् ।

मुख्यमन्त्री कार्कीले झापाको कमल गाउँपालिका ३ सानो केर्खा पुगेर स्थानियसँग भेटघाट तथा विकासका कार्यको प्रत्यक्ष निरिक्षण गरेका हुन् । मुख्यमन्त्री कार्कीले सो गाउँपालिकाको वडा नम्बर ३ मा निर्माण हुन लागेको बाल उद्यान (चिल्ड्रेन पार्क) को १२ कठ्ठा क्षेत्रफलको निर्माण स्थल निरिक्षण गरेको उनका प्रेस सल्लाहकार बिक्रम लुईटेलले जानकारी दिए ।

पार्क निर्माण स्थलको निरिक्षण पछि मुख्यमन्त्री कार्कीले शहरी विकास कार्यालय ईलामका प्रमुख मिलन आचार्यलाई स्थानियबासीको सहकार्यमा काम गर्न निर्देशन समेत दिएका छन् । सो पार्कसम्म पुग्नका लागि अघिल्लो बर्ष नै कोशी प्रदेशकै पर्यटन मन्त्रालय मार्फत २५ लाखको लागतमा सडकमा ब्लक निर्माणका कार्य भएको थियो ।

सो पार्कमा स्वमिङ पुल, बच्चालाई खेल्ने विभिन्न प्रकारमा सामान, चमेना गृह, खुल्ला जिम खाना रहने गरी प्रस्ताव पेश भएको वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाले जानकारी दिए ।