गण्डकी प्रदेश सभा सदस्य गौचन प्रति अन्तिम श्रद्धाञ्जली

साझा प्रेस
0
Shares

गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

गत कार्तिक २८ गते उपचारका क्रममा काठमाण्डौमा निधन भएको गौचनको पार्थिव शरीरमा आज पोखरामा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रदेशसभाका उपसभामुख वीनाकुमारी थापाले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

पोखराको नदीपुरस्थित प्रदेशसभा प्राङ्गणमा राखिएको उनको अन्तिम श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीको झण्डा ओढाए ।

मुस्ताङको कोबाङमा विसं २०१८ असार १८ गते जन्मिएका गौचन नेपाली कांग्रेसका तर्फबाट विसं २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित भएका थिए । उनि हाल प्रदेशसभा अर्थ तथा विकास समितिको सदस्य थिईन ।

गौचनको म्याग्दीमा लगेर दाहसंस्कार गरिने परिवारजनले जनाएको छ ।