नेपालले शुक्रबारदेखि बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात सुरु गरेको छ ।
नेपालका ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअल माध्यमबाट बंगलादेश विद्युत् निर्यातको औपचारिक सुरुवात गरेका हुन् ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश निर्यात हुन थालेको हो ।
त्रिदेशीय सम्झौतामा नेपालले १५ जुनदेखि १५ नोभेम्बरसम्म ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्नेछ । सम्झौता अनुसार नेपालले यस पटक १ दिनका लागि मात्र बिद्युत निर्यात गर्नेछ भने आगामी जुनमा पुनः निर्यात गरिनेछ ।
नेपाल विद्युत् प्राधिकरणले प्रति युनिट करिब ८ रुपैयाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बंगलादेशलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ ।
प्रतिक्रिया