९ असोज, काठमाडौं । नेपाली फुटबल टोलि साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा घरेलु टोली भुटानलाई २–१ को गोलअन्तरले पराजित गर्दै नेपाल समूह बिको उपबिजेता हुँदै सेमिफाईनलमा प्रबेश गरेको हो ।
थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको समूह बिको अन्तिम खेलमा नेपालका तर्फबाट कृष्ण बहादुर आले खेलको ५५ औं मिनेटमा तथा सुजन डंगोलले ८४ औं मिनेटमा गोल गर्दैै भुटानलाई पराजित गरेको थियो । यो जितसँगै नेपालले समूह चरणमा ६ अंक सहित उपबिजेता बन्यो भने पाकिस्तान ७ अंक सहित समूह बिजेता बन्दै सेमिफाईनलमा प्रबेश गरिसकेको छ । खेलको पहिलो हाफमा नेपाललाई निराश बनाउँदै ४३ औं मिनेटमा भुटानका तर्फबाट छिमी तोब्देन दोर्जीले अग्रता दिलाएका थिए । नेपाली गोलकिपर पेम्बा नोर्बु भोटेको गल्तीमा नेपालले गोल खाएको थियो ।
नेपालले अब सेमिफाइनलमा समूह ए को विजेता भारतसँग शनिबार हुने खेलमा प्रतिस्पर्धा गर्नेछ । समूह ए मा भारतले बंगलादेश र माल्दिभ्स दुवैलाई पराजित गरेको थियो । खेलमा अग्रता भने भुटानले लिएको थियो । तर भुटानले अग्रता कायम राख्न सकेन भने दोस्रो हाफमा नेपालले उत्कृष्ट पुनरागमन गर्यो ।
अर्को सेमिफाइनल पाकिस्तान र बंगलादेशबीच शनिवारै हुनेछ । सेमिफाइनल विजेताबीच आउने सोमबार फाइनल खेल हुनेछ ।
प्रतिक्रिया