काठ्माण्डौमा ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२४’ शुरु


सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी तीन वर्षभित्र तीन लाख युवालाई ‘आइटी’ उद्योग मार्फत रोजगारी सिर्जना गर्न सकिने बताएका छन् ।

काठमाण्डौमा बिहिबारबाट शुरु भएको ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२४’ को उद्घाटनमा मन्त्री गुरुङले आईटी सम्बन्धित रोजगारी श्रृजना गर्न सरकारले आईटी नीतिलाई परिमार्जन गर्दै पुर्वाधार तयारी गरी बजेट समेत विनियोजन गर्ने योजना रहेको बताए ।

चाँडै नै सरकारले एआई सम्बन्धि पनि नीति ल्याउने जानकारी दिदै उनले आईटी क्षेत्रको विकासमा निजी क्षेत्रको सहभागिता तथा लगानी महत्वपुर्ण हुने जिकिर गरे ।

आफ्नै कार्यकालमा काठमाडौँमा आइटी पार्क र ज्ञान पार्क (नलेज पार्क) निर्माण गर्ने प्रतिबद्धता जनाउँदै उनले मुलुकलाई डिजिटल राष्ट्र बनाउन यसको शुरुवात स्थानीय निकायबाट सुरु गरिने बताए ।

सो मेला लिभिङ विथ आइसिटिले आयोजना गरेको हो ।