नेपालले हङकङ सिक्सेसको पहिलो खेलमा इंग्ल्याण्ड माथि ६ विकेटको सानदार जित हासिल गरेको छ ।
बलियो प्रतिद्धन्दी इंग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले ४.२ ओभरमा बिना विकेट प्राप्त गर्न सफल रह्यो ।
नेपालको जितमा कप्तान सन्दीप जोराले १२ बलमा ४ चौका र ६ छक्काको सहयोगमा ५० रनले बनाए । लोकेश बमले ११ बलमा १ चौका र २ छक्काको सहयोगमा नट आउट २० रन बनाए ।
५० रन बनाउदै कप्तान सन्दीप रिटार्यट आउट भए पछि राशिद खान क्रिजमा आएका थिए । राशिद खानले ५ बलमा २ चौका र २ छक्काको सहयोगमा नट आउट २१ रन जोडे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो ।
प्रतियोगितामा नेपाल समूह बीमा अस्ट्रेलिया र इंग्ल्याण्डसँग रहेको छन् । प्रतियोगितामा नेपालको दोस्रो खेल अस्ट्रेलियासँग कात्तिक १७ गते रहेको छ । प्रतियोगितामा १२ टोलीको सहभागीता रहेको छ । सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह बी मा नेपाल, इङ्ग्ल्याण्ड र अस्ट्रेलिया रहेका छन् ।
समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई तथा समूह डी मा श्रीलंका, बंगलादेश र ओमान छन् । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो । प्रतियोगिताका खेलहरुमा हरेक टोलीबाट छ खेलाडी सहभागी हुनेछन् ।
प्रतिक्रिया