दाङमा बालिका बलात्कारको आरोपमा पक्राउ गरेका सशस्त्र प्रहरी जवान हिरासतमा नै मृत भेटिएका छन् ।
गत असोज २४ गते ८ वर्षिया बालिका माथि बलात्कार गरेको आरोप लागेपछि सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर र अर्का एक जना जवानलाई पक्राउ गरी अनुसान्धानका लागि हिरासतमा राखिएको थियो ।
जिल्ला प्रहरी कार्यालय, दाङको हिरासतको शौचालयमा जवान मगर झुण्डिएको अवस्थामा मृत भेटिएको दाङका एसपी रामबहादुर केसीले जानकारी दिए ।
प्रतिक्रिया