जापानमा लामो समयदेखि सत्तामा रहँदै आएको दलले १५ वर्षमा पहिलो पटक आफ्नो बहुमत गुमाएको छ ।
आइतवारको आम चुनावको नतिजाले आर्थिक समस्या र राजनीतिक घोटालाहरूको शृंखलाको सार्वजनिक आक्रोशको बीचमा नयाँ प्रधानमन्त्री शिगेरु इसिबालाई ठूलो झट्का दिएको छ ।
सत्तारुढ लिबरल डेमोक्रयाटिक पार्टी र यसको गठबन्धन साझेदार कोमेटोले तल्लो सदनका ४६५ सिटमध्ये २१५ मात्रै जितेका छन् जुन बहुमत पुग्न आवश्यक पर्ने २३३ सिटभन्दा कम भएको सिएनएनले जनाएको छ ।
सन् २००९ पछि पहिलो पटक एलडीपीले संसदमा बहुमत गुमाएको हो ।
प्रतिक्रिया