बाढीले क्षति पुर्याएको खुर्कोट मन्थली जोड्ने सुनकोशीको मुख्य पुल मर्मत पछि संचालनमा आएको छ ।
गत असोज ११ र १२ गतेको अविरल बर्षा पछि सुनकोशी नदिमा आएको बाढीले पुलको आधा भाग नै बगाएपछि यातायात पुर्ण रुपमा ठप्प भएको थियो । पुल बगाएपछि तत्कालै मर्मतका लागि नेपाली सेनाले पहल कदमी लिएको थियो ।
रक्षा मन्त्रालयको समन्वयमा नेपाली सेनाले बेलि व्रिज मर्मतको कार्य सम्पन्न गरेको रक्षा मन्त्री मानवीर राईले जानकारी दिए ।
मर्मत पश्चात नेपाली सेनाले आफ्नो फेसबुक पेज मार्फत भिडियो समेत सार्वजनिक गरेको छ ।
हेर्नुहोस् भिडियोः
प्रतिक्रिया