नेकपा (माओवादी केन्द्र) ले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ ।
मंगलबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामकारवाही सन्तोषजनक नभएकाले ध्यानाकर्षणका लागि खबरदारी सभा गर्ने जानकारी दिएका हुन् ।
उनले पार्टी कार्यालय पेरिस डाँडामा बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै भने, सरकारका गलत कमदको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने निर्णय भएको छ ।
माओवादीले विपत् व्यवस्थापनमा सरकारको असंवेदनशीलता, गैर जिम्मेवारीपन र योजना विहिनता देखिएको आरोप पनि लगाएको छ ।
साथै विपदमा बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार चुकेको पनि माओवादीको भनाइ छ ।
प्रतिक्रिया