नेपालले माल्दिभ्सलाई ११ गोलले हरायो, २ जनाको ह्याट्रिक

साझा प्रेस
50
Shares

रेखा पौडेल र प्रिती राईको ह्याट्रिकसँगै नेपालले माल्दिभ्स बिरुद्धको खेलमा ११ गोल गरेको छ ।

साफ महिला च्याम्पियनसिप फुटबलको आज सम्पन्न नेपालको दोस्रो खेलमा नेपालले मालदिभ्सलाई ११-० गोलले पराजित गरेको हो ।

सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालका लागि रेखा पौडेलले सर्वाधिक ५ गोल गरिन भने प्रिती राईले ह्याट्रिक गर्न सफल भईन् ।

रेखाले ४८ औं मिनेटमा तेश्रो गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । यसअघि उनले खेलको ३२ र ४२ औं मिनेटमा गोल गरेकी थिइन् ।

पहिलो हाफमा ४–० गोलले अगाडि रहेको नेपालले दोस्रो हाफमा ७ गोल थपेको थियो । ७ र ६५ औं मिनेटमा सुरुका दुई गोल गरेकी प्रीतिले ८८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् ।