चितवन । देशका विभिन्न क्षेत्रमा बर्डफ्लु संक्रमण देखिएपछि उपभोक्तामा बढेको अन्योलबीच विज्ञहरूले कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुको जोखिम नहुने बताएका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. होमबहादुर बस्नेतका अनुसार बर्डफ्लुको भाइरस काँचो मासुमा हुन सक्छ, तर पर्याप्त तापमा पकाएपछि भाइरस नष्ट हुने भएकाले मासु र अण्डा खान सुरक्षित हुन्छ।…