बाढी बितण्डा अपडेट

भोटेकोशी–त्रिशूली बाढीमा २८९ जनाको शव फेला


रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएकामध्ये अहिलेसम्म २८९ जनाको शव फेला परेको छ।

दिउँसो ३ बजेसम्मको तथ्यांकअनुसार चितवनमा १२१, पूर्वी नवलपरासीमा ६५ तथा धादिङ र गोरखामा २९/२९ जनाको शव फेला परेको हो।

बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो मानवीय क्षति भएको छ। बेपत्ता रहेकाहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ।

सुरक्षा निकायको संयुक्त टोलीले नदी किनार, बाढी प्रभावित बस्ती तथा सम्भावित क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण भने अझै संकलन भइरहेको छ।