कोशी प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पा नियुक्त भएका छन् ।
नयाँ मन्त्रिपरिषद् विस्तारपछि आज पहिलोपटक बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैठकले मुख्यमन्त्री सम्मेलनको अवधारणापत्र स्वीकृत गर्दै सम्मेलनको तयारी अघि बढाउने निर्णयसमेत गरेको सरकारका नवनियुक्त प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री शेर्पाले जानकारी दिए ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले विभिन्न तीनवटा समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकपछि मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता शेर्पाले सरकारका आगामी कामलाई व्यवस्थित रूपमा अघि बढाउन आवश्यक निर्णयहरू गरिएको बताए ।
नयाँ मन्त्रिपरिषद् विस्तारपछि बसेको पहिलो बैठकले सरकारको प्रवक्ता तोक्नुका साथै मुख्यमन्त्री सम्मेलनको तयारी र विभिन्न समितिहरू गठन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया