ओखलढुंगाको मोलुङ गाउँपालिका–५ गोगुनडाँडाबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०८३ साल साउन ३० गते बिहान करिब ११ः३० बजे स्थानीय ३३ वर्षीय मोहन तामाङको घरमा भरुवा बन्दुक फेला परेको थियो।
बन्दुक फेला परेपछि इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालन गरिएको थियो। प्रहरीले तामाङलाई भरुवा बन्दुक, त्यसमा प्रयोग हुने बारुद र छर्रासहित नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया