हेटौँडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा -एमाले) का ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीको तर्फबाट सरकारमा सहभागी सबै ६ मन्त्रीको राजीनामा मुख्यमन्त्री कार्यालयमा बुझाएका हुन् ।
एमालेको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूमा बिन्दु श्रेष्ठ, डा. दिनेशचन्द्र देवकोटा, किरण थापा, भरतबहादुर केसी, मधुसूदन पौडेल र जयराम थापा रहेका थिए ।
राजीनामाको कारणबारे भने एमालेले औपचारिक रूपमा कुनै जानकारी सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया