रुकुम पूर्वमा ५ म्याग्निच्युडको भूकम्प

आसपासका जिल्लामा पनि धक्का महसुस


रुकुम पूर्व केन्द्रबिन्दु भएर आइतबार साँझ ५.० म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ४:३० बजे रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर स्थानीय मापन (एमएल) अनुसार ५.० म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पको धक्का रुकुम पूर्वसँगै रोल्पा, दाङ, अर्घाखाँची लगायत आसपासका जिल्लामा समेत महसुस भएको स्थानीयहरूले बताएका छन्।

हालसम्म भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको कुनै आधिकारिक विवरण प्राप्त भएको छैन। सम्बन्धित निकायले क्षतिको विवरण संकलन गरिरहेको जनाइएको छ।