रौतहटको गरुडा नगरपालिका–९ गम्हरियामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार देवेन्द्र सहनीका २८ वर्षीय छोरा गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।घटनापछि स्थानीयवासी र परिवारको सहयोगमा उनलाई तत्काल गरुडास्थित एक अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार घाइतेको घाँटीदेखि तलसम्म करिब ३१ प्रतिशत शरीर जलेको छ। हाल उनको अवस्था मध्यम रहेको र उपचार जारी रहेको प्रहरीले जनाएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया