सरकार र गणेश नेपालीका परिवारबीच ९ बुँदे सहमति


काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणमा सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो।

सहमतिअनुसार गणेश नेपालीको परिवारलाई उचित राहत उपलब्ध गराइने, आश्रित छोरीको उच्च शिक्षासम्मको व्यवस्था गरिने, श्रीमतीलाई रोजगारी प्रदान गरिने तथा घटनाको निष्पक्ष छानबिन गरिनेछ।

सहमतिपछि आन्दोलनरत पक्षले आफ्ना थप कार्यक्रम स्थगित गर्ने अपेक्षा गरिएको छ।