नर्वेलाई हराउँदै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । इङ्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।

क्वाटरफाइनलमा नर्वेलाई २–१ गोलले पराजित गर्दै इङ्ल्यान्डले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। इङ्ल्यान्डको जितमा जुड बेलिङहम नायक बने। उनले टोलीका दुवै गोल गरे।

निर्धारित ९० मिनेटसम्म खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको ९३औँ मिनेटमा बेलिङहमले निर्णायक गोल गर्दै इङ्ल्यान्डलाई सेमिफाइनल पुर्‍याए।

यसअघि खेलको ३६औँ मिनेटमा आन्द्रियास शेल्देरुपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा बेलिङहमले बराबरी गोल फर्काएपछि खेल १–१ को अवस्थामा पुगेको थियो।

अब इङ्ल्यान्डले सेमिफाइनलमा अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।