सरकारले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार रेडक्रसको नेतृत्वलाई व्यवस्थित गर्दै संस्थागत गतिविधिलाई प्रभावकारी बनाउन नयाँ तदर्थ समिति गठन गरिएको हो।
यसअघि तदर्थ समितिका अध्यक्ष विनोदकुमार शर्माले पदबाट राजीनामा दिएका थिए। शर्माको राजीनामापछि रिक्त रहेको नेतृत्वमा सरकारले नयाँ समिति गठन गर्ने निर्णय गरेको हो।
नवनियुक्त तदर्थ समितिले नेपाल रेडक्रस सोसाइटीको नियमित कार्य सञ्चालन, संगठनात्मक व्यवस्थापन तथा आगामी नेतृत्व चयन प्रक्रियालाई सहजीकरण गर्ने अपेक्षा गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी मानवीय सेवा, विपद् व्यवस्थापन, स्वास्थ्य सेवा तथा राहत वितरणका क्षेत्रमा सक्रिय राष्ट्रिय संस्था हो। नयाँ समितिको गठनसँगै संस्थाका गतिविधिहरू थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया