भोजपुरमा धिमे बाजाको गुञ्जनस् नयाँ पुस्ताले थाम्दैछ संस्कृतिको डोरो

भोजपुर — भोजपुरको नेवार समुदायले आफ्‍नै मौलिक भाषा, बाजा र संस्कृतिको संरक्षणका लागि सक्रियता बढाउँदै गएको छ। नेवार समुदायमा लोप हुँदै गएको परम्परागत धिमे बाजाको जगेर्ना गर्न जिल्लामा एक महिनासम्म धिमे बाजा तालिम सञ्चालन गरिएको छ। नेवाः मिसा दबु भोजपुरको आयोजनामा सञ्चालित उक्त तालिममा नयाँ पुस्तालाई धिमे बाजाको ज्ञान दिने उद्देश्य राखिएको थियो। संस्थाकी अध्यक्ष…