आजदेखि छठ पर्व औपचारिक रूपमा सुरु

मिथिलाञ्चलको महान पर्व छठ आजदेखि औपचारिक रूपमा सुरु भएको छ । चार दिनसम्म मनाइने यो पर्वका अवसरमा जनकपुरधामलगायत मिथिलाका विभिन्न स्थानका घाटहरूमा सजावट र तयारीको अन्तिम चरणमा पुगेका छन् । जनकपुरधामस्थित गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुषसागर र मटकोरर्वा पोखरीमा अहिले रंगीन बत्ती, पण्डाल र फूलमालाले सिँगार्ने काम भइरहेको छ । गङ्गासागर छठ समितिका अध्यक्ष…