लोकगायिका इन्दिरा गोले गुरुङको निधन

नेपाली लोकसंगीतकी चर्चित स्वरकन्या इन्दिरा गोले गुरुङको निधन भएको छ। बुधबार बिहान करिब २ बजे ललितपुरको हात्तीवनस्थित आफ्नै निवासमा उनले अन्तिम श्वास लिएकी हुन्। दुई वर्षदेखि क्यान्सरसँग जुधिरहेकी गोले पछिल्लो समय अपार्टमेन्टमै उपचार र आराम गरिरहेकी थिइन्। सन् १९६६ अक्टोबर १९ मा ललितपुरको भर्देउमा जन्मिएकी गोलेले चार दशकभन्दा लामो गायन यात्रामा करिब पाँच हजार गीतमा…