श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन, टर्कीमा कार्यरत नेपाली श्रमिकहरूलाई पुनः श्रम स्वीकृति दिने निर्णय भएको जनाएको हो ।
“साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन, टर्कीमा कार्यरत नेपाली श्रमिकहरूलाई र बिदामा नेपाल आई पुनः उल्लेखित देशहरूमा रोजगारीका लागि फिर्ता हुन चाहने नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पश्चिम एसियामा विकसित युद्धका कारण ती देशको श्रम स्वीकृतिलगायतका कार्य रोकिएको थियो ।

प्रतिक्रिया