टिचिङ अस्पतालको ‘रेड जोन’ मा ओली, २७ नम्बर बेडमा राखियो


काठमाडौं । केपी शर्मा ओली लाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। अस्पतालको ‘रेड जोन’ अन्तर्गत २७ नम्बर बेडमा उनलाई राखिएको स्रोतले जनाएको छ ।

अस्पतालको रेड जोनमा सामान्यतया जटिल तथा विशेष निगरानी आवश्यक पर्ने बिरामीहरूलाई राख्ने गरिन्छ ।

मिर्गौला प्रत्यारोपण गराएका बिरामीसमेत रहेका ओलीको स्वास्थ्य परीक्षणका लागि मिर्गौला विशेषज्ञ चिकित्सक टोली तयारी अवस्थामा रहेको बताइएको छ। चिकित्सकको सुझावअनुसार आवश्यक थप उपचार तथा प्रक्रिया अघि बढाइनेछ ।

जेन–जी आन्दोलन दमनसँग सम्बन्धित फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि आज बिहान उनलाई निवासबाटै प्रहरीले पक्राउ गरेको थियो ।

यसैबीच, ओलीको पक्राउबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठक बोलाएको जनाएको छ ।