राश्वपाका वरिष्ठ नेता बालेन साह प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको प्रमुखका हैसियतमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
मध्यान्ह १२:३४ बजे उनले शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बालेन नेतृत्वको सरकारका प्रत्यक्ष निर्वाचित भएर आएका ११ जना मन्त्री मन्त्री बनेका छन्।
रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले आज १५ मन्त्रीको नाम टुङ्ग्याएका हुन्। उनीहरूले केहीबेरमा शपथ लिँदै छन्।
तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्ले अर्थमन्त्री, चितवन ३ बाट निर्वाचित सोविता गौतम कानून, काठमाडौं ६ बाट निर्वाचित शिशिर खनाल परराष्ट्र, काठमाडौं ८ बाट निर्वाचित विराजभक्त श्रेष्ठ, गोरखा १ बाट निर्वाचित सुधन गुरुङ गृहमन्त्री बनेका छन्।
सर्लाही ४ बाट निर्वाचित अमरेश कुमार सिंह उद्योग, नुवाकोट १ बाट निर्वाचित विक्रम तिमल्सिना सञ्चार, महोत्तरी २ बाट निर्वाचित दीपक साह श्रम, काठमाडौं ५ बाट निर्वाचित सस्मित पोखरेल शिक्षा, कास्की १बाट निर्वाचित खडक पौडेल र रुपन्देही १ बाट निर्वाचित सुनिल लम्साल भौतिक पूर्वाधारमन्त्री मन्त्री बनेका छन्।
समानुपातिकबाट निर्वाचित भएर आएका प्रतिभा रावल संघीय मामिला तथा सामान्य प्रशासन, गीता चौधरी कृषि, सीता वादी महिला बालबालिका र निशा मेहता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेका हुन्। बालेन क्याबिनेटमा मन्त्री बनेका शिशिर खनाल र विराजभक्त श्रेष्ठ यसअघि पनि मन्त्री बनेका थिए। अरू सबै नयाँ अनुहार हुन्।

प्रतिक्रिया