रास्वपाका सांसदहरुलाई आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा पार्टी सभापति रवि लामिछाने तथा बरिष्ठ नेता बालेन शाह अनुपस्थित रहे ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा दुईतिहाई आसपास सिट जित्न सफल राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरुलाई संसदिय अभ्यासका बारेमा जानकारी दिने उद्धेश्यले आयोजना गरेको कार्यक्रममा सभापति र बरिष्ठ नेता नै अनुपस्थित रहेपश्चात केही सांसदहरुले प्रश्न गरेका थिए । सो बारेमा स्पष्ट पार्दै रास्वपाका उपसभापति डीपी अर्यालले सभापति लामिछाने र वरिष्ठ नेता शाह कार्यव्यस्तताको कारणले पार्टीको अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन नसकेको बताएका छन् ।
अभिमुखीकरण उद्घाटनपछि बोल्दै अर्यालले भोलि समापनअघि सम्भव भएसम्म ल्याउने प्रयास गर्ने बताए । उनले भने, ‘उहाँहरूलाई सम्भव भएसम्म भोलि कार्यक्रम समापन हुनुअघि उपस्थित गराउँछौँ। दुवै जनताको स्वास्थ्य स्थिति र कार्यव्यस्तताको कारणले उहाँहरू उद्घाटन सत्रमा आउनु सक्नुभएको छैन ।’

प्रतिक्रिया