रास्वपा सांसदका लागि अभिमुखीकरण तालिम सुरु


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण तालिम सुरु भएको छ।

होटल रोयल दुलिप, ग्वार्कोमा जारी कार्यक्रममा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेले घण्टी बजाएर प्रशिक्षण उद्घाटन गरेका हुन्।

पार्टी प्रवक्ता मनिष झाका अनुसार अभिमुखीकरण कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ।

तालिममा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली, जनप्रतिनिधिको भूमिका तथा पार्टीले अवलम्बन गर्नुपर्ने नीतिहरूका विषयमा जानकारी गराइने बताइएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिकतर्फ गरी कुल १८२ सिट हासिल गरेको थियो।