ओखलढुंगामा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। फरक–फरक मिति र समयमा घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका–६ का २३ वर्षीय अनिल मगर र ५९ वर्षीय निमबहादुर मगर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगा का प्रहरी निरीक्षक ईश्वर अधिकारी का अनुसार आरोपित दुवै जनालाई शनिबार सिद्धिचरण नगरपालिका–११ को रमाइलोडाँडा र रामबजार क्षेत्रबाट पक्राउ गरिएको हो।
घटनाबारे अनुसन्धानका क्रममा पीडित किशोरी गर्भवती रहेको तथ्य पनि खुलेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।
प्रहरीले दुवै आरोपीलाई आइतबार ओखलढुंगा जिल्ला अदालत बाट सात दिनको म्याद थप अनुमति लिएर जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान अघि बढाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया