प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
यो बैठक सरकारलाई जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बुझाएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठक हो। उक्त प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन।
प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै विभिन्न क्षेत्रबाट दबाब बढ्दै गएको छ। प्रतिवेदन सार्वजनिक गरेर घटनाको वास्तविकता बाहिर ल्याउनुपर्ने आवाज नागरिक समाज तथा सरोकारवालाहरूले उठाइरहेका छन्।
बैठकमा समसामयिक राजनीतिक विषय, सरकारका प्राथमिकता तथा जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनका विषयमा समेत छलफल हुन सक्ने बताइएको छ।

प्रतिक्रिया