समानुपातिकतर्फका निर्वाचित हुने सांसद टुंग्याउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै


नेपाली कांग्रेसले समानुपातिकतर्फ निर्वाचित हुने २० सांसदको सूची बुझाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ । आइतबार दिउँसो १ बजेका लागि राखेको बैठकमा केन्द्रीय पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यहरूलाई डाकिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ चैत १ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,” कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले भनेका छन् ।

समानुपातिक बन्दसूचीमा रहेका उमेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने’ एजेन्डा राखिएको छ ।