आज दिनभर धुम्म रहने, यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना


हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । 

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा लुम्बिनी प्रदेशको तराई भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
 
आज राति गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भूभामामा साधरणतया बादल लाग्नेछ बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । 

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा लुम्बिनी प्रदेशको तराई भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।