कांग्रेसकाे गढ ताेड्दै ओखलढुंगामा ५ भोटकाे मतान्तरले राश्वपाका विश्वराज पोखरेल निर्वाचित


ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टीका विश्वराज पोखरेल निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई ५ मतले पछि पार्दै राश्वपाका पोखरेल निर्वाचित भएका हुन् । १३ हजार ९ सय ५३ मत ल्याएर पोखरेल विजयी हुँदा कांग्रेसका लुइँटेलले १३ हजार ९ सय ४८ मत प्राप्त गरेका छन् ।

नेकपाका उम्मेदवार अम्बिरबाबु गुरुङले ११ हजार २ सय ९६ मत ल्याउँदा एमालेकी उम्मेदवार अस्मिता थापा १० हजार ७ सय २० मत ल्याएर चौथो भइन् ।

श्रम संस्कृति पार्टीका उम्मेदवार डा उद्धव राईले ३ हजार ८ सय ५८ मत ल्याए । ।

१५ जना उम्मेदवार मध्ये ५ जना बाहेक अन्यले हजार मत समेत कटाउन सकेका छैनन् ।

१ लाख २२ हजार ७ सय १५ मतदाता रहेको ओखलढुंगामा फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ५९ हजार ७९ मत खसेको थियो ।

३ हजार ३ सय ५६ मत बदर भएको छ ।

यसअघि २०६४ सालमा तत्कालिन माओवादी र २०७० यता कांग्रेस–एमालेले पालैपालो जित्दै आएको ओखलढुंगामा यो निर्वाचनमा राश्वपाले जित निकालेको छ ।

देशभर आएको राश्वपाको लहर, कांग्रेसमा पुराना लाई पाखा लगाएर नयाँलाई दिएको टिकट र कम्युनिष्ट पार्टीभित्र आएको विद्रोहका कारण पनि पुराना दलको गढमा नयाँलाई जित निकाल्न सहज भएको छ ।