पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटनामा पर्दा १७ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
बस राति सवा १ बजे दुर्घटनामा परेको थियो ।
धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहन निरौलाले दिएको जानकारीअनुसार काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस बेनीघाट, ५ धुन्सेगौडामा दुर्घटनामा परेको हो ।
उनका अनुसार बसमा ४० जना यात्रु थिए ।
१७ जनाको घटनास्थलमै मृत्यु भएको, २३ जना घाइते भएका र एकजना च्यापिएको अवस्थामा फेला परेको उद्धारमा खटिएका प्रहरीले जानकारी दिएका छन् ।
उनका अनुसार शव अहिले दुर्घटनास्थलभन्दा बाहिर निकालिएको छ भने घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । अस्पताल पठाइएका घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको ती प्रहरी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया