शेर्पा समुदायको महान पर्व ग्याल्पो लोसारको अवसरमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । २१५३ औँ ग्याल्पो लोसारको अवसरमा भोलि फागुन ६ गते बिहान १० बजे काठमाडौंको सिफल चौरमा कार्यक्रम सञ्चालन हुने भएको हो ।
लोसार विशेष कार्यक्रमको प्रधानमन्त्री शुसिला कार्कीले उद्घाटन गर्ने हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष आङडोमा शेर्पाले बताइन् ।
कार्यक्रममा चर्चित कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ । प्रस्तुति दिने कलाकारमा रोज मोक्तान, मिङ्मा शेर्पा, मेलिना राई, छोङवा शेर्पा, पाल्मु शेर्पा, लाक्पा तेन्जी शेर्पा, जेनी शेर्पा, शुक्रि दोङ, छिरिङ शेर्पा, राज बराइली र छिरिङ डोल्मा लगायतको प्रस्तुति रहने छ ।
कार्यक्रममा ख्यातिप्राप्त हास्य कलाकार स्वर्गीय साम्दे शेर्पा स्मृति पुरस्कार वितरण गरिनेछ ।
कार्यक्रमले शेर्पा समुदायको भाषा, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास लिइएको छ। ग्याल्पो लोसार पर्वलाई समुदायबीच शुभकामना आदानप्रदान, सांस्कृतिक पहिचान अभिवृद्धि तथा सामाजिक एकता सुदृढ गर्ने अवसरका रूपमा मनाइन्छ ।

प्रतिक्रिया