मुलुकको हितमा शेर्पा समुदायको भूमिका विशेषः राष्ट्रपति पौडेल


राष्ट्रपति रामचन्द्र पौडेलेले मुलुकको सार्वांगिन हितमा शेर्पा समुदायको विशेष भूमिका रहेको बताएका छन् । २१५३ औं मे फो ता ल्हो राष्ट्रिय ग्याल्पो लोसार (नयाँबर्ष) को पवन अवसरमा नेपाल शेर्पा संघद्धारा राष्ट्रपति निवासमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । 

फागुन ६ अर्थात भोलीबाट शेर्पा लगायत हिमाली आदिवासीहरुको ग्याल्पो लोसार नयाँ बर्ष शुरुवात हुँदैछ । लोसारको पूर्व सन्ध्यामा संघद्धारा आयोजित कार्यक्रमलार्ई संवोधन गर्दै राष्ट्रपति पौडलेले ‘शेर्पा समुदायको आफ्नै संस्कृति, सभ्यता, संस्कार र पहिचान स्थापित रहेको’ बताउँँदै शेर्पा समुदायले पर्यटन, पर्वतारोहणका क्षेत्रमा ख्याती कमाएका शेर्पा इमान्दार, परिश्रमि र प्रकृति प्रेमी जाति भनेर चिनिने बताए ।

शताब्दीयौं देखि नेपालको हिमाली क्षेत्र विशेष गरी सोलुखुम्बुबाट फैलिएका शेर्पा जाति आज विश्वभर छरिएर रहेका उल्लेख गर्दै  राष्ट्रपति पौडेलले ‘शेर्पाहरुको आफ्नै खाले विशिष्ट पहिचान रहेको र यसले मुलुकलाई सांस्कृतिक र बहुलजातीय पहिचानले समृद्ध बनाउन योगदान पुगेको’ बताए ।

विशेष गुण र संस्कृतिले धनी शेर्पाहरुले मुलुक निर्माणमा महत्वपूर्ण टेवा पुर्याउँदै आएको बताउनु हुँदै राष्ट्रपति पौडेलले ‘राज्यको हरेक निकायमा शेर्पा समुदायका उपस्थिती केही न्यून भएपनि संघीय लोकतान्त्रिक गणतन्त्रपछि जारी भएको संविधानले सबै जाती, वर्ग, समुदायलाई राज्यको मूलधारमा स्थापित गर्न समानुपातिक समावेशी व्यवस्था अंगिकार गरेकोले पछि परेको समुदायले क्रमिक रुपमा स्थान प्राप्त गर्दै गएको उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले विभिन्न आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढ्न सक्यौं भने मात्रै मुलुक समृद्ध भई राजनैतिक स्थायित्व प्राप्त हुने र मुलुकको सार्वागिन हितमा शेर्पा समुदायले इमान्दारिता पूर्वक आफ्नो कर्तव्य निर्वाह गरी गरेको भन्दै प्रशंसा गरेका छन् ।