दोलखाको विकासलाई नयाँ उचाइमा पुर्‍याउँछौं: पार्वत गुरुङ


नेकपा एमाले द्वारा जिरी नगरपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलामा प्रतिनिधि सभा सदस्य उम्मेदवार पार्वत गुरुङ ले दोलखाको समग्र विकासलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कार्यकर्ताको उत्साहजनक उपस्थितिमा बोल्दै गुरुङले विगतमा एमाले नेतृत्वमा भएका पूर्वाधार, शिक्षा, स्वास्थ्य र सडक विस्तारका योजनाहरूलाई थप सुदृढ बनाउँदै अगाडि बढ्ने बताउनुभयो । “दोलखाको विकास एमालेको एजेण्डा हो, हामी अधुरा कामलाई पूरा गर्दै समृद्धिको यात्रालाई तीव्रता दिन्छौं,” उहाँले भन्नुभयो। गुरुङले जनताको विश्वास नै आफ्नो मुख्य शक्ति भएको उल्लेख गर्दै आगामी निर्वाचनमा भारी मतान्तरले विजयी गराउने वातावरण बनेको दाबी गर्नुभयो । उहाँले युवालाई रोजगारी, कृषि आधुनिकीकरण र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा विभिन्न तहका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो‌ । नेताहरूले जिरीबाट सुरु भएको उत्साहजनक माहोलले समग्र दोलखामा सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन् ।

भेलाले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि संगठनात्मक सुदृढीकरण र जनसमर्थन थप मजबुत भएको सन्देश दिएको आयोजकले जनाएकाे छ।