९१ बर्षको उमेरमा स्वर्गारोहण भएका सोलुखुम्बुका नेकपा एमाले नेता सर्की शेर्पालाई शुक्रबार पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली अर्पण सहित अन्तिम बिदाई गरिएको छ ।
काठ्माण्डौ बौद्धस्थित शेर्पा सेवा केन्द्रमा राखिएको स्वर्गिय शेर्पाको पार्थिव शरिरलाई नेकपा एमालेका नेता एवं कोशी प्रदेशका सांसद बुद्धिकुमार राजभण्डारी, नेकपा एमाले कोशी प्रदेशका सचिवालय सदस्य महेश किराँती लगायतका नेताहरुले एमालेको झण्डा ओढाई अन्तिम बिदाई गरे ।

स्वर्गीय सर्कि शेर्पा २०५४ सालको निर्वाचनमा नेकपा एमालेका तर्फबाट सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडा नं. ५ साबिक भकान्जे गाबिसको अध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्षको कार्यकाल सम्पन्न भएपश्चात पनि उनले एमाले, सोलुखुम्बुको राजनीतिमा सक्रिय भुमिका निर्वाह गर्दै राष्ट्रको विकासमा निर्वाह गरेको अतुलनीय योगदान सधैं स्मरणीय रहने प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले बताए ।




प्रतिक्रिया