सरकारले नेपाल प्रहरीकाे रासन स्केल र रकम वृद्धि गर्ने निर्णय गरेकाे छ । आज बालुवाटारमा बसेकाे मन्त्रिपरिषद्काे बैठकले आउँदाे फागुन १ गतेदेखि लागू हुनेगरी प्रहरीकाे रासन स्केल र रासतबापतकाे दैनिक रकम वृद्धि गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयाे ।
यस्तै बैठकले राष्ट्रपति रामचन्द्र पाैडेलकाे जापान भ्रमण स्वीकृत गरेकाे छ । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति पाैडैल जापान जान लाग्नु भएकाे हाे । कार्यक्रम यही माघ १८ देखि २१ गतेसम्म हुनेछ ।

प्रतिक्रिया