अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले बीमा कार्यक्रमका लागि महिनाको दुई अर्ब बढी रकम खर्च हुने स्थिति आएकाले रकम भुक्तानी गर्नसक्ने अवस्था नरहेको बताएकी छन् ।
गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३०औँ वार्षिकोत्सव कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले चालु आ.व.मा बीमाका लागि छुट्याइएको रकम गत वर्षको ऋण तिरेर सकिएकाले चालु वर्षलाई बीमाका लागि बजेट नै नभएको बताइन्।
उनले बीमाका लागि विनियोजित बजेट भन्दा बढी रकम बीमामा दाबी हुन थालेको बताइन् । असिमित खर्च हुँदै गएकाले बीमाको रिफर्म जरुरी रहेको उल्लेख गरिन् । बीमालाई सुधार गर्न जरुरी रहेको बताउँदै मन्त्री गौतमले त्यसका लागि मन्त्रालयको काम गरिरहेको बताइन् ।
उनले आफूले बीमाको रकम तत्काल भुक्तानी गराउन निर्देशन दिइसकेको पनि उल्लेख गरिन्। बीमाको भुक्तानी संघ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारी हुने भनिएपनि संघ सरकारले मात्रै अहिलेसम्म हेरिरहेकाले बीमामा एकोहोरो बोझ परिरहेको जिकिर गरिन् ।
स्वास्थ्यकर कोषमा प्राप्त हुने रकम ऐनले नै २५ प्रतिशत स्वास्थ्य करलाई दिने भनेर किटेको भएपनि अहिलेसम्म प्राप्त गर्न नसकेको बताइन् ।

प्रतिक्रिया